डान्सबारमा झगडा हुदाँ एक जनाको मृत्यु, ३ ज​ना प​क्राउ
News Desk
Feb-13 , 2025 तारिख 08:41 बेलुका

- सहबान अन्सारी

नवलपरासीको डान्सबारमा झगडाँ हुदाँ एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नं।१३ जमुनाबारी स्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा झगडा हुदाँ  प्रतापपुर गाँउपालिका वडा नं।९ खैरहनी बस्ने सन्त बहादुर चौधरीको मृत्यु भएको हो ।

गत माघ २८ गते राती डान्सबारमा प्रतापपुर गाउँपालिका वडा नं।१ सेमरी बस्ने ३१ बर्षिय अमित कुमार चौधरी समेतले  फोटो भिडियो बनाएको बिषयमा कुटपिट गर्दा सन्त बहादुर चौधरी घाईते भएका थिए।

कुटपिटबाट घाईते भएको चौधरीको उपचारको क्रममा  चौरहा अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न प्रतापपुर गाँउपालिका वडा नं. १ बस्ने ३१ बर्षिय अमित चौधरी, सोही ठाँउ बस्ने ३५ बर्षिय सरोज चौधरी र डान्सबार संचालक वडा नं. ४ बस्ने राकेश हरिजनलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उधोग मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

धेरै पढिएको