शिक्षा र खेल क्षेत्रको विकासमा योगदान दिने क्रिकेटर गुल्सन झाको प्रतिबद्धता
News Desk
Feb-14 , 2025 तारिख 09:25 बेलुका

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी गुल्सन कुमार झाले हालै ब्रान्ड एम्बासडरका रूपमा नियुक्त भएपछि नेपाली क्रिकेटप्रति आफ्नो उत्साह व्यक्त गरेका छन। उनले क्रिकेटको लोकप्रियता बढ्दै गएकोमा खुशी प्रकट गर्दै, युवा तथा विद्यार्थीहरूलाई आफ्नो रुचि अनुसारको क्षेत्र छनोट गर्न आग्रह गरे।

गुल्सन झालाई एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बासडर घोषणा गरिएको हो। राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत उनको नियुक्ति सार्वजनिक गरिएको थियो।

ब्रान्ड एम्बासडरको रूपमा नियुक्त भएपछि क्रिकेटर गुल्सन झाले शिक्षा र खेल क्षेत्रको प्रवर्द्धनमा सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले खेल र अध्ययन एकसाथ अघि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै युवा खेलाडीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरे।

"गुणस्तरीय शिक्षा आवश्यक" – शिक्षाविद डा. विद्यानाथ कोइराला

कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षाविद प्राध्यापक डा। विद्यानाथ कोइराला ले विश्व बजारमा प्रतिस्पर्धी बन्न गुणस्तरीय शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताए। साथै, नेपाल र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीबीचको तालमेल मिलाउन सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेको उनको धारणा थियो।

कार्यक्रममा एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपाल का संस्थापक तथा सीईओ रबिन पाण्डे ले विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षासँग जोड्न एभीन्यूले महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनका अनुसार, नेपालका प्रमुख शहरहरूबाट सेवा प्रदान गर्दै आएको एभीन्यूले विश्वस्तरीय करिअर काउन्सिलिङ उपलब्ध गराइरहेको छ। साथै, भीसा सफलता दर शत-प्रतिशत रहेको उल्लेख गर्दै उनले विश्वसनीय परामर्श सेवाले विद्यार्थीहरूको भविष्य सुरक्षित बनाइरहेको बताए।