मृगौला , मधुमेह र थाइराइड रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न
News Desk
Feb-15 , 2025 तारिख 08:59 बेलुका

काठमाडौं, फाल्गुन  ३  गते शनिबार सामुदायिक स्वास्थ्य सेवा परिषद (स्वयम्भू सामुदायिक अस्पताल)को आयोजनामा र काठमाडौं महानगरपालिका वडा नं १५ , युनाइटेड नेचर इन्टरनेसनल पिस ( युनिपुन) नेपाल च्यापटर , नेपाल मानव अधिकार संगठन , रोटरी क्लब अफ न्युरोड सीटी,स्वीट सिक्स फ्यामीली ,सानो संसार फाउन्डेसन ,सांस्कृतिक जागरण समूह,अन्य संस्थाहरूको सहयोगमा आज मिति २०८१ फागुन ३ गते शनिबार, मृगौला , मधुमेह र थाइराइड  रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

बिहान ८:०० बजे देखि दिनको २:०० बजे सम्म संचालन गरीको स्वास्थ्य शिविरमा ३११ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा समस्या देखिएका बिरामीहरूको निशुल्क ल्याब परीक्षण गरिएको थियो। साथै, आवश्यक पर्ने औषधिहरू पनि निशुल्क रूपमा वितरण गरिएको आयोजकले जनाएका छन्।

शिविरमा विशेषगरी  चिकित्सकहरूको टोलीले बिरामीहरूलाई  मृगौला थाइराइड मधुमेह सम्बन्धी स्वास्थ्य परामर्श, उपचार, र आवश्यक जानकारी प्रदान गरे। स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यो शिविरले समुदायमा सकारात्मक प्रभाव पारेको छ।

कार्यक्रम सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता र काठमाडौं महानगरपालिकाको सहयोग उल्लेखनीय रहेको आयोजकले बताए। सामुदायिक स्वास्थ्य सेवा परिषदले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप बिरामीहरूलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

आयोजकका अनुसार सामुदायिक स्वास्थ्य सेवा परिषद (स्वयम्भू सामुदायिक अस्पताल)ले प्रत्येक महिनामा विभिन्न रोगहरूसँग सम्बन्धित स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। यसै कार्य लाई निरन्तरता दिदै आगामी महिना पनि बाल रोग सम्बन्धी स्वास्थ्य  शिविर आयोजना गरिने जानकारी अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट प्राध्यापक डा. बुलन्द थापाले दिएका छन्।