News Desk
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । संघीय संसदले जारी गरेको संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।
यसैगरी गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सामान्य छलफलका लागि संसदमा पेस गर्ने कार्यसूची समेत रहेको छ । वन तथा वातावरण मन्त्रि ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।