News Desk
खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय पूर्णतः नष्ट भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो ।
स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि दमकलबिना आगो पूर्णतः निभाउन मुस्किल भएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका डीएसपीको कमान्डमा २० जना र सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा २१ जना सदरमुकाम दिक्तेलबाट हलेसीतर्फ गएका थिए ।