स्थानीय बजारमा सुनचाँदीको मूल्य बृद्धि
News Desk
Feb-17 , 2025 तारिख 05:35 बेलुका

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला  १२ सय रुपैयाँले बढेको हो ।

आइतबार सुन प्रतितोला रु १ लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु १ लाख ६८ हजार ७०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसै गरी, चाँदी प्रतितोला रु १५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु १ हजार ९७० निर्धारण गरिएको छ ।

धेरै पढिएको