News Desk
वीरगञ्ज - बाराको कलैयास्थित नवजन्म पुनस्थापना केन्द्रमा एक जनाको कुटपिटबाट हत्या भएपछि पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लामा सञ्चालित पुनस्थापना केन्द्र (रिहाब) का सञ्चालहरुसँग छलफल गरेका छन् ।
प्रमुख प्रहरी उपरीक्षक मिश्रकै कार्यकक्षमा भएको छलफलका क्रममा यहाँका लागुऔषध पुर्नस्थापना केन्द्रहरुको अवस्था र उनीहरुले गरीरहेका गतिविधिका बारेमा छलफल भएको थियो । प्रहरी उपरीक्षक मिश्रले लागुऔषध दुव्र्यसनी जस्तो समवेदनशिल क्षेत्रमा काम गर्ने संघसंस्थाहरु सजग हुनुपर्ने सुझाव दिए ।
उपचारको खोजीमा रिहाबमा आउनेहरुलाई उच्च प्राथमिकता दिनुका साथै उनीहरुको अवस्था बुझेर मात्रै राख्न पनि उनले आग्रह गरे । नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्ने बताउँदै प्रहरी उपरीक्षक मिश्रले कलैयाको जस्तो अमानविय घटना हुने अवस्था आउन नदिन निर्देशन दिए ।

लागुऔषध दुव्र्यसनीको उपचारसँगै पुनस्र्थापना केन्द्रहरूको सञ्चालन, सेवाग्राहीहरूको सुरक्षा तथा अधिकार, केन्द्रहरूको पारदर्शिता र व्यवस्थापनका विषयमा मिश्रले चासो व्यक्त गरेका थिए । उपचारको क्रममा कसैलाई गाह्रो भएमा प्रहरीसँग समन्वय गर्न पनि उनले आग्रह गरे ।
सबै सुधार केन्द्रका सञ्चालक एवम् प्रतिनीधिसँग छलफल गर्ने वातावरण बनाएको प्रति सामुदायिक संस्था सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंहले खुशी व्यक्त गरिन् । यात्रा डेलीसँगको कुराकानीमा उनले भनिन्, ‘आजको छलफल समग्रामा एकदमै राम्रो भयो । कम्तीमा प्रमुख ज्यूले सबै रिहाबका सञ्चालकसँग भेट्ने वातावरण बनाउनुभयो । पुनःस्थापना केन्द्र सञ्चालनको अवस्थाका बारेमा जानकारी लिनुभयो । साथै लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि पुनःस्थापना केन्द्रले खेलेको भूमिकाको पनि उहाँले प्रसंशा गर्नुभयो ।’
प्रहरी उपरीक्षक मिश्रले सबै सुधार केन्द्रका सञ्चालकसँग छलफल गर्नुले सबै रिहाबका सञ्चालकलाई अझै जिम्मेवार बनाएको रिकभरी नेपाल मधेश प्रदेशका अध्यक्ष गौरव वर्माले बताए । उनकाअनुसार सबै रिहाबले प्रहरीसँग सहकार्य र समन्वय गर्दै लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि हातेमालो गरिनेछ ।
रिकभरीङ् नेपालका मधेश प्रदेश संयोजक समेत मन्टु गिरीकाअनुसार सुधार केन्द्रले पालना गर्नुपर्ने कानुनी प्रावधान तथा सुधार केन्द्रको कामकारवाहीलाई अझै प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । पर्साका तत्कालिन प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत र तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको पालामा रिकभरींग नेपालसँग सहमती भएअनुसार जिल्लामा लागुऔषध नियन्त्रणका लागि परामर्श केन्द्र स्थापना गर्न माग गरिएको पनि गिरीले बताए ।
छलफलका क्रममा रिकभरी नेपाल मधेश प्रदेश अध्यक्ष गौरव वर्मासँगै कोषाध्यक्ष राजकुमार तामाङ्, सामुदायिक पुर्नस्थापना केन्द्रका कार्यक्रम प्रबन्ध भाजु राउत कुर्मी, राइजींग नेपाल फाउण्डेशनका अध्यक्ष मन्टु गिरी, आस्था नेपालका सञ्चालक दीपराज बर्मा लगायत जिल्लामा सञ्चालित पुनःस्थापना केन्द्रका सञ्चालक एवम् प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
हाल पर्सा जिल्लामा रिकभरी नेपाल मधेश प्रदेश, राइजिङ नेपाल, सामुदायिक पुनस्थार्पना केन्द्र (सानो पाइला), मनिला फाउन्डेशन, आस्था नेपाल, नीता फाउन्डेशन, विश्वास, हेल्पिङ होम, युथ राइज र युथ केयर फाउन्डेशन गरी १० वटा पुनर्स्थापना केन्द्रहरू सञ्चालनमा रहेका छन्।