News Desk
काठमाडौं जेसीजको आयोजनामा प्रजातन्त्र दिवसको अवसरमा काठमाडौं जेसीजको सचिवालयमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम काठमाडौं जेसीज २०२५ का अध्यक्ष जेसी श्याम कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा कार्यकारिणी उपाध्यक्ष द्वय जेसी विकास श्रेष्ठ मिलन, गोविन्द ओझा असिम, महासचिव नमराज भण्डारी, कोषाध्यक्ष रीतिज कार्की निरज, सह महासचिव राज रोनीयार, उपाध्यक्ष सुमन मैनाली लगायत संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष घिमिरेले राष्ट्र, राष्ट्रियता तथा नागरिकका हक अधिकारको सुरक्षाका लागि प्रजातन्त्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै नागरिक सचेत रहनुपर्ने धारणा व्यक्त गरे। उपाध्यक्ष गोविन्द ओझाले शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए, भने अर्का उपाध्यक्ष विकास श्रेष्ठले प्रजातान्त्रिक प्रणालीमा प्रत्येक नागरिकले आफ्नो हक अधिकारको सुरक्षित अनुभूति गर्नुपर्ने बताए।

कार्यक्रममा अन्य उपस्थित व्यक्तित्वहरूले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरे। संस्थाका महासचिव नवराज भण्डारीले जेसीज एउटा प्रजातान्त्रिक परिपाटीबाट सञ्चालन हुने संस्था भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमहरू लोकतान्त्रिक मूल्य र मान्यताका लागि प्रेरणादायी हुने विचार राखे। दीप प्रज्वलन कार्यक्रम उत्साहका साथ सम्पन्न भएको थियो।