News Desk
केआईआईटी विश्वविद्यालय पुगेको नेपाली टोलीसँगको भेटमा ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको कारणबारे गम्भीर अनुसन्धान र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाली परामर्शदाता सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँगको कुराकानीमा मुख्यमन्त्री माझीले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने वचन दिनुभएको थियो ।
मुख्यमन्त्री माझीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर अध्ययन पुनः सुरू गर्न पनि आग्रह गर्नुभएको छ ।
यसैबीच मृतक लम्सालको शव आज रूपन्देही ल्याउने तयारी छ । शवलाई भारतीय प्रहरीले सुनौली नाकासम्म पुर्याउने र त्यहाँबाट परिवारका सदस्य सहित नेपाली पक्षले घर ल्याउने तय भएको हो ।