"विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्छ" : प्रधानमन्त्री ओली
News Desk
Feb-21 , 2025 तारिख 11:45 बिहान

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्‌गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन। 

कास्कीको ढुङ्गेपाटनमाआयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताएका हुन। 

ंइमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईँहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,ंओलीले भने, तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ। आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ। देश र समाजका लागि केही गर्नुस। नागरिक सर्वाेच्चताको गर्व तपाईँहरूमा होस।ं

उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना राख्न नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने बताए। 

ंहात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस। साहसी हुनुस्, दुस्साहासी नहुनुस्,ं प्रधानमन्त्री ओलीले भने, ंहामीसँग उर्वर भूमि छ। यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस। सरकार विश्वविद्यालयको साथमा छ।ं

समारोहमा ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराए।