नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्तिको उद्धार
News Desk
Feb-22 , 2025 तारिख 06:42 बिहान

चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्तिको उद्धार गरिएको छ।

सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदीमा हामफालेका थिए।

उनलाई सशस्त्र प्रहरीको नं १७ गण चितवनबाट खटिएको टोलीले सकुशल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको छ। 

धेरै पढिएको