उदित नारायण झा विरिद्ध पत्नीले दिईन उजुरी
News Desk
Feb-25 , 2025 तारिख 12:43 बेलुका

बलिउडका चर्चित गायक उदित नारायण झा फ्यान​लाई चुम्ब​न​ काण्ड नसेलाउँदै अर्को गम्भीर कानुनी झमेलामा परेका छन। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध जेठी पत्नी रञ्जना झाले सुपौल पारिवारिक अदालतमा उजुरी दिएकी हुन। जसमा उनले उदितले आफ्नो अधिकार हनन र सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएकी छन।

सो मुद्दामा उदित नारायण यही फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा हाजिर भए। तर उदितले रञ्जनाका कुनै पनि माग स्वीकार गरेनन। 

रञ्जनाले आफ्नो बढ्दो उमेर र स्वास्थ्यका कारण आफू अब उदित नारायणसँग बस्न चाहेको अदालतमा बताइन। तर उदितले अब यस्तो सम्भावना नरहेको बताए। 

रञ्जना र उदित नारायणबीच १९८४ डिसेम्बर ७ मा विवाह भएको थियो। तर सम्बन्ध राम्रो हुन सकेन। जब उदितले १९८८ मा फिल्म उद्योगमा प्रसिद्धि पाउन थाले, तब उनले आफ्नी पत्नी रञ्जनालाई छाडे।

जतिबेला उदित बलिउडमा चर्चित नाम थिएनन।

उनी आफ्नो करिअर बनाउन संघर्षरत थिए। यसपछि उनी श्रीमतीलाई छाडेर मुम्बई हानिए।

मुम्बईमा उदितले दीपा गहतराजलाई भेटे र प्रेममा परे। अनि उनीहरूले सन १९८५ मा विवाह गरे। उनीहरू एक छोरा आदित्य नारायण छन्, जो पार्श्व गायक पनि हुन।