सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लु आवासलाई रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवानको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण
News Desk
Feb-27 , 2025 तारिख 12:53 बिहान

फागुन १४ – सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लु आवासमा रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवानको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममार्फत परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठ र सिद्धि मेमोरियल अस्पताल, भक्तपुरका प्रमुख श्याम धौभडेललाई ताइवानबाट प्राप्त स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरियो। उपकरण हस्तान्तरण रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवानका अध्यक्ष पाउलिन लियाङ द्वारा गरियो।

कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका वडा नं। १५ का वडा अध्यक्ष ईश्वर मान डंगोल उपस्थित थिए। विशेष अतिथिहरूमा परिषदका मेडिकल सुपरिटेन्डेन्ट प्रा। डा। बुलन्द थापा, रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवानका अध्यक्ष पाउलिन लियाङ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका उपाध्यक्ष तथा युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा। राजु लामा कोन्दन, ताइवान हेल्थ क्रपसका डा। जेफेरी, बोधी फाउन्डेसन न्युयोर्कका ग्यारी ली , अस्पताल ब्यबस्थापन संयोजक श्री निशा अधिकारी थापा ,परिषदका उपाध्यक्ष केशर बहादुर मानन्धर, अस्पतालका मेडिकल डाइरेक्टर डा। प्रेमल कुमार जोशी, सिद्धि मेमोरियल अस्पतालका प्रमुख श्याम सुन्दर धौभडेल र नेपाल सरकारका पूर्व सहसचिव शंकर अर्याललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ईश्वर मान डंगोलले पानसमा बत्ती बालेर गरेका थिए। स्वागत मन्तव्य परिषदका उपाध्यक्ष प्रो। केशर बहादुर मानन्धरले व्यक्त गरे भने रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवानका अध्यक्ष पाउलिन लियाङले स्वास्थ्य उपकरणहरू परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठ र सिद्धि मेमोरियल अस्पतालका प्रमुख श्याम धौभडेललाई हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डंगोलले परिषदका संस्थापक अध्यक्ष रत्न नारायण न्हुजवा सायमीको अस्पताल निर्माण गरी सेवा गर्ने सपना साकार भएको बताए। विशेष अतिथि प्रा। डा। बुलन्द थापाले रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवानको सहयोगले परिषदको स्वास्थ्य सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुगेको बताउँदै यस प्रकारको सहयोगले हजारौं स्थानीय जनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

विशेष अतिथि पाउलिन लियाङले रोटरी क्लब ताइवानबाट नेपालको सामुदायिक अस्पताललाई देशकै उत्कृष्ट सामुदायिक अस्पताल बनाउने उद्देश्यसहित सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका उपाध्यक्ष डा। राजु लामा कोन्दनले रोटरी क्लबको प्रशंसा गर्दै आफू संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद जस्तो महत्त्वपूर्ण संस्थामा रहेकोले यस अस्पताललाई देशकै नमुना सामुदायिक अस्पताल बनाउन अन्तर्राष्ट्रिय स्तरमा सहयोग जुटाउने प्रतिबद्धता जनाए। बोधी फाउन्डेसन न्युयोर्कका ज्ञ्ारी लीले अस्पतालको आपत्कालीन सेवा विस्तारका लागि आफ्नो संस्थाले सहयोग गर्ने वचन दिए।

कार्यक्रमका सभापति अध्यक्ष हरि गोपाल श्रेष्ठले आपत्कालीन सेवासहितको उत्कृष्ट सामुदायिक अस्पताल निर्माण गर्ने आफ्नो सपना साकार हुने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताए। उनले स्थानीय समुदायको स्वास्थ्य सेवाको केन्द्रका रूपमा अस्पताललाई विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी वक्ताहरूले परिषदले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, परिषदका कर्मचारी, सञ्चालक समिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि कार्यक्रमको आकर्षण बने। परिषदका कर्मचारीहरू साधना लामीछाने, सृष्टि अमात्य र राजन यादवले नृत्य प्रस्तुति दिए भने सिद्धि मेमोरियल अस्पतालतर्फबाट रोशनी प्रजापतीले चर्या नृत्य प्रस्तुत गरिन। कार्यक्रम सञ्चालन सदस्य मोहनकृष्ण श्रेष्ठले गरेका थिए।

 रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवान का सदस्य हरुलाइ सम्मानस्वरूप अस्पतालको तर्फबाट अध्यक्ष ज्यू बाट भगवान बुद्धको मूर्तिप्रदान गरीएको थियो भने , ,  अस्पताल ब्यबस्थापन संयोजक निशा अधिकारी थापा ले पश्मिना सल लगाएर सम्मान गर्नु भएको थियो भने परीसदका कार्यसमीती सदस्य तथा ब्यबस्थापन उप समीती सचिब दीपक चन्द्र गौतम ले पाहुना हरुलाइ नेपाली टोपी लगाएर स्वागत गर्नु भएको थियो । 
साथै  रोटरी क्लब अफ याङमिङ ताइपेई ताइवान बाट आउनु भएका सदस्य हरुलाइ  डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लि स्वयम्भू बाट संचालित उद्योग  डिजिटल हिमालयन स्वीट्स एन ट्रीटस का उत्पादन हरु  उपहार स्वरुप प्रदान गरीएको थियो । साथै, अस्पतालको निरीक्षण भ्रमण गराइयो र रमणीय स्थल शिवपुरीको अवलोकन गराइयो।

यो सहयोगले सामुदायिक स्वास्थ्य सेवा परिषदलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।