सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेकोनेपाली काँग्रेसका सांसद डा जबराको दावी
News Desk
Feb-27 , 2025 तारिख 12:39 बेलुका

नेपाली काँग्रेसका सांसद डा.उदय समशेर जबराले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको दावी गरेका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे।

उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत नखोजिने कारण पनि यी समस्या बढेको बताए।

जबराले भने, ‘फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ। विशेष गरेर मनी लाउण्डरिङ र सम्पत्ति शुद्धिकरणको विषय केन्द्रित हो। नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीका कारण हो। सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत कहाँबाट आयो भन्ने खोजिँदैन। त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ।’

उनले सहकारीलाई नियमन गर्नका लागि पनि सरकारले क्षमता बढाउन जरुरी रहेको बताए।