News Desk
काठमाडौं – शुक्रबार राति २ः५१ बजे काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको लिस्टिकोटबाट २ किलोमिटर पर रहेको छ। भूकम्पको परिमाण ५।१ म्याग्निट्यूड मापन गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।
धक्का चीन र भारतसम्म महसुस भएको जनाईएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर लगायत देशका विभिन्न भूभागमा भूकम्पको झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सामाजिक सञ्जालहरूमा धेरैले भूकम्पको कम्पन अनुभव भएको जानकारी दिएका छन।