भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्यूडको भूकम्पले जिल्लामा सामान्य क्षति
News Desk
Feb-28 , 2025 तारिख 12:48 बेलुका

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ। यस भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार, भाग्ने क्रममा लड्दा एक कैदीको हात भाँचिएको छ। हाल उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

भूकम्पका कारण भोटेकोशी गाउँपालिका-३ दुगुनागढी क्षेत्रमा पहिरो गएको जानकारी प्राप्त भएको छ। साथै, इलाका प्रहरी कार्यालय कोदारीस्थित प्रहरी चौकीको भित्तामा क्षति पुगेको छ। अन्य क्षेत्रहरूमा प्रहरी परिचालन गरी क्षतिको विवरण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन।

प्रजिअ थापाका अनुसार, भूकम्पको अवधि छोटो भएकाले ठूलो क्षति नभएको अनुमान गरिएको छ। उनले भने, ँ२०७२ सालको भूकम्पपछि निर्माण मापदण्ड पालना भएकाले पनि यस पटक क्षति न्यून हुन सक्यो।ँ