News Desk
विद्यार्थी र प्राध्यापकहरूलाई स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्यसहित भारतस्थित माइक्रोबायोलोजिस्ट सोसाइटीले कलेजको नाम क्यान्टिनमा मोहीलाई स्वस्थकर पेयको रूपमा प्रवर्द्धन गर्ने अभियान सुरु गरेको छ। माइक्रोबायोलोजिस्ट सोसाइटी, इन्डियाका अध्यक्ष डा। अरविन्द देशमुखको नेतृत्वमा सञ्चालित यस पहलले चिया, कफी र कार्बोनेटेड पेयहरूको सट्टा पोषणयुक्त मोहीको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
भारतीय ज्ञान प्रणाली (IKS) अनुसार, मोही प्राचीन भारतीय परम्परासँग गहिरो सम्बन्ध राख्छ। भगवान कृष्णको युगदेखि नै दही र मोहीको महत्त्व उल्लेख गरिएको पाइन्छ। आधुनिक वैज्ञानिक अनुसन्धानले मोहीमा पाइने प्रोबायोटिक सूक्ष्मजीवहरूले पाचन प्रणाली सुधार गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र समग्र स्वास्थ्यलाई लाभ पुर्याउने देखाएको छ।
यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले विभिन्न कदमहरू चालेको छ। कार्यालयहरूमा चियाको सट्टा मोही पिउन प्रोत्साहन गरिनुका साथै कलेज क्यान्टिनमा यसको उपलब्धता सुनिश्चित गरिएको छ। साथै, माइक्रोबायोलोजी प्राध्यापकहरूद्वारा मोहीका फाइदाबारे सचेतनामूलक व्याख्यान आयोजना गर्ने र माइक्रोबायोलोजिस्ट सोसाइटीले उपलब्ध गराउने सूचनात्मक पोस्टरहरू क्यान्टिन र अन्य स्थानहरूमा टाँस्ने योजना छ।
यस अभियानबारे डा. अरविन्द देशमुखले 'मोही दैनिक पेयका रूपमा प्रवर्द्धन गर्दा न केवल स्वास्थ्य राम्रो हुन्छ, बरु खुशी र उत्पादकत्व पनि वृद्धि हुन्छ। यो सानो तर प्रभावकारी कदम हो, जसले दीर्घकालीन रूपमा ठूलो परिवर्तन ल्याउनेछ।ँ भनी आफ्नो धारणा व्यक्त गरे।
विद्यार्थी तथा प्राध्यापकहरूले यो पहललाई सकारात्मक रूपमा ग्रहण गरेका छन। कलेज प्रशासनले पनि यस अभियानलाई पूर्ण समर्थन जनाएको छ, किनकि स्वस्थकर आहार प्रवर्द्धनले विद्यार्थीहरूको जीवनशैलीमा दीर्घकालीन लाभ पुर्याउने विश्वास गरिएको छ।
यस पहलमार्फतमाइक्रोबायोलोजिस्ट सोसाइटीले अन्य शैक्षिक संस्थाहरूका लागि उदाहरण प्रस्तुत गर्दै र सचेत समाज निर्माण गर्न ठूलो भूमिका खेल्न सक्छ।
यसैबीच, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भारतमा सुरु भएको यस अभियानलाई स्वागत गर्दै नेपालमा सञ्चालित मोही प्रवर्द्धन अभियान विश्वव्यापी रूपमा फैलिरहेको र सफल भइसकेकोमा खुशी व्यक्त गरे।