News Desk
काठमाडौँको सुकेधारामा तेस्रो लिङ्गीको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मोलुङ ६ का विराट ठकुरी रहेका छन।
जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार ठकुरीलाई शुक्रबार दिउँसो भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो।
उनले सुकेधारामा एक जना तेस्रो लिंगीलाई मंगलबार राति ११ बजेतिर हत्या गरेको सीसीटीभी फुटेजबाट पुष्टि भएको प्रहरीको भनाइ छ। तर उनको शव बिहीबार मात्रै फेला परेको थियो।
पक्राउ परेका ठकुरीले लागुऔषधको विषयमा विवाद हुँदा हत्या गरेको प्रहरी रीलाई प्रारम्भिक बयान दिएका छन।
तर यस विषयमा थप अनुसन्धान गर्ने र पुष्टि गर्ने काम भइरहेको परिसर स्रोतले जानकारी दिएको छ।