स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त
News Desk
Mar-06 , 2025 तारिख 08:52 बेलुका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन। बुधबार बसेकाे मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो।

सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषदले डा देवकोटालाई सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा कार्यरत छन। सचिवमा बढुवाको निर्णयसँगै उनी अब मन्त्रालयमा गएर सचिवको जिम्मेवारी सम्हाल्ने छन।

स्वास्थ्य सेवामा डा देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका सातौं तहबाट प्रवेश गरेका हुन। उनले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन।