राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरे भेट
News Desk
Mar-09 , 2025 तारिख 02:35 बिहान

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।

भेटमा समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको जनाइएको छ । 

राष्ट्रपति कार्यालयका अनुसार शनिवार राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गरेका र सो क्रममा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भेट साँझ ६ बजेतिर भएको थियो।