अन्तर्राष्ट्रिय नारी समाज गठन : अध्यक्षमा पुनम गौतम, महासचिवमा सन्ध्या अर्याल
News Desk
Mar-09 , 2025 तारिख 01:05 बेलुका

पोर्चुगल – ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली दिदीबहिनीहरूले अन्तर्राष्ट्रिय नारी समाज गठन गरेका छन। शनिबार भर्चुअल माध्यममार्फत आयोजित एक कार्यक्रममार्फत औपचारिक रूपमा समाजको घोषणा गरिएको हो।

नवगठित समाजको अध्यक्षमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार), तथा कोषाध्यक्षमा भावना तिमिल्सिना (क्यानडा) चयन भएका छन। साथै, विभिन्न देशहरूबाट संयोजक तोकी प्रतिनिधित्व गराइएको छ।

अध्यक्ष गौतमका अनुसार अमेरिका, क्यानडा, नर्वे, डेनमार्क, स्पेन, जापान, आयरल्याण्ड, जर्मनी, युके, बेल्जियम, मकाउ, कतार, नेपाल, नेदरल्याण्ड, माल्टा, फ्रान्स, अष्ट्रिया, दुबई, स्विजरल्याण्ड, पोर्चुगल र स्विडेनबाट एक-एक जना संयोजक तोकिएको छ।

समाजलाई दीर्घकालीन रूपमा सशक्त बनाउँदै अघि बढाउन अध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन गरिएको गौतमले जानकारी दीन।

उनका अनुसार समाजले देश-विदेशमा रहेका नेपाली दिदीबहिनीहरूको हक, हित, र अधिकार सुनिश्चित गर्न सहयोग गर्ने, उनीहरूलाई एकीकृत र सशक्त बनाउने, तथा अन्यायमा परेका महिलाहरूलाई कानुनी परामर्श र सहायता उपलब्ध गराउने उद्देश्य राखेको छ।