लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
News Desk
Mar-09 , 2025 तारिख 05:35 बेलुका

पोखरा – लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्दै विभिन्न महत्वपूर्ण पदहरूका लागि प्रतिनिधिहरू निर्वाचित गरेको छ।

महाधिवेशनको दौरान लायन राजन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोर्सी पदमा निर्वाचित भएका छन। साथै, लायन पार्बती खरेल पान्डे डिस्ट्रिक्ट गभर्नर पदमा विजयी भएकी छिन। फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर पदमा लायन सूर्यकुमार केसी र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा लायन शैलेन्द्र मोहन भट्टराई निर्वाचित भएका छन।

महाधिवेशनमा नेपालभरका लायन्स क्लबका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नव-निर्वाचित पदाधिकारीहरूले लायन्स क्लबको सामाजिक सेवाका लक्ष्यहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालले शिक्षा, स्वास्थ्य, मानव कल्याण तथा समाजसेवाका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस महाधिवेशनले आगामी दिनहरूमा लायन्स क्लबको गतिविधिलाई अझ प्रभावकारी बनाउन रणनीतिक योजना निर्माण गर्ने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्व चयनसँगै, संगठनको भावी योजनाहरू, आगामी कार्यक्रमहरू तथा समाजसेवाका गतिविधिहरूलाई तीव्रता दिने लक्ष्यसहित महाधिवेशन सम्पन्न भएको महाधिवेशनका प्रतिनिधि तथा 'वनौं हामी लायन्स' गीतका रचनाकार लायन नारायण रेग्मीले यसबारे जानकारी दिनुभयो।