News Desk
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले
शाहीले राजावादीको आन्दोलनमा प्रधानमन्त्री र उनका सल्लाहकार विष्णु रिमालले योगी आदित्यनाथको फोटो राख्न निर्देशन दिएको भन्ने आरोप लगाएपछि त्यसको जवाफमा रिमालले राप्रपाका नेता ज्ञानबहादुर शाहीलाई दलालको संज्ञा दिएका छन्।
‘कॉक्रा चोरहरू, कॉक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियॉ टॉसी कुलेलम ठोक्छन्।’ उनले लेखेका छन् ‘दलालहरू— पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’
हिजो भएको राजावादीको शक्ति प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखेर एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीमा उत्रिएका राजवादीको अहिले चर्को आलोचना भइरहेको छ।
आलोचना हुन थालेपछि ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीविरुद्व हिलो छ्याप्न खोजेका हुन्।
सल्लाहकार रिमालले थपेका छन्, ृडिसईन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५–५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन। कसले कहॉ के गर्दैछ– समाचार त आएकै छ नि।’