News Desk
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्यायको मुद्दा विश्व सामु पुर्याउनुपर्ने बताएका छन । सोमबार काठमाडौंमा आयोजित जलवायुसँग सम्बन्धित सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन ।
उनले भने, ‘हिमतालहरु विष्फोटनको संघारमा छन । यसैगरी अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय पनि यो सम्मेलनमा प्रखर रुपमा उठोस भन्ने म चाहन्छु ।’
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउन जरुरी रहेको उनको भनाइ थियो ।
उनले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको पनि बताए । हिमालय पर्वत श्रृंखलामा बेला–बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको उनको भनाइ थियो ।