'वनका खाली क्षेत्रमा फलफूल खेती गर्न किसानलाई दिउँ, काजु, मरिच, ल्वाङ फलाउन दिउँ' : प्रधानमन्त्री
News Desk
Mar-12 , 2025 तारिख 12:01 बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले चैते धान कसरी लगाएको छ हेर्न प्रदेशसभाको टोली पठाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीले  कोशी प्रदेशसभालाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन्।

`चैते धान कसरी लगाएको छ‚ केरा खेती, पोल्ट्री फर्म कसरी चलेका छन्? फोहोरबाट कसरी ग्यास उत्पादन हुन्छ? हेरौँ,´ उनले भने, `सिन्धुलीमा जुनार र सुन्तला हेर्न मंसिरतिर जाउँ, त्यही चिज गर्न प्रदेशले किन नसक्ने?´

उनले तरकारी खेती हेर्न नवलपरासी जान पनि सांसदलाई सुझाव दिए।

`वनका खाली क्षेत्रमा फलफूल खेती गर्न किसानलाई दिउँ, काजु, मरिच, ल्वाङ फलाउन दिउँ,´ उनले भने। सरकारी अड्डा र जनप्रतिनिधिमूलक संस्था मिलेर यस्ते काम गर्नुपर्ने उनले बताए।