News Desk
फागुन - २८, काठमाडौं । सेन्ट जर्ज स्कुलमा होली कार्यक्रम सम्पन्न भएको छ । स्कुलले होलीको पूर्व सन्ध्यामा स्कुलका विद्यार्थीहरु बिच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रममा विद्यालयका प्र.अ मेघराज बजगाईंले सबै स्कुलका विद्यार्थीहरुलाई टिका लगाई होलीको बारे बताउँदै शुभकामना दिएका थिए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि सचेतना बारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कुरा बताए । स्कुलका निर्देशक मनोज दाहलले यसरी भाईबहिनी विच होली मिलन कार्यक्रम मनाएकोमा विद्यालय परिवारलाई धन्यवाद दिंदै नेपाली परम्परा एवं मौलिकता बारे जानकारी गराए ।
स्कुलकी कोअडिनेटरले हाम्रो स्कुलको प्राथमिकता हाम्रा रितिरिवाज एवं परम्परा बचाउनेमा हुने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता हरेक चाडवाड मनाउँदै विद्यार्थीहरुलाई जानकारी गराउने कुरा बताइन् ।
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाइने गरिन्छ ।