News Desk
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले फागु पूर्णिमा २०८१ को अवसर पारेर होली मिलन कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष उर्मिला श्रेष्ठ लगायत पदाधिकारी तथा उद्योगी व्यवसायीहरू सहभागी भएका थिए।
होलीको उल्लासमय वातावरणमा सहभागीहरूबीच अबिर दल्दै पर्वको शुभकामना आदान-प्रदान गरिएको थियो। चेम्बरका पदाधिकारीहरूले होली पर्व आपसी भाइचारा, सद्भाव र सामाजिक एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले व्यवसायीहरूबीचको सम्बन्ध थप मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे।