मोही सेवन गर्दै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले मनायो होली पर्व
News Desk
Mar-14 , 2025 तारिख 01:43 बिहान

फागुण - २९, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले फागु पूर्णिमा (होली ) मनायो।  एसोसिएसनले होलीको दिन डेरी उद्योगीहरु बिच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको छ । 
 
कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले टिका लगाई होलीको बारे बताउँदै शुभकामना दिएका थिए। केन्द्रिय सदस्य रमेश सन्जेलले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कुरा बताउँदै यसरी साथीभाई विच होली मिलन कार्यक्रम मनाउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाली परम्परा एवं मौलिकता बारे भावी पुस्तालाई पनि सिक्ने अवसर हुने कुरा जानकारी गराए । 

बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेलले हाम्रो एसोसिएसनको प्राथमिकता हाम्रा रितिरिवाज एवं परम्परा बचाउनेमा हुने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता हरेक चाडवाड मनाउँदै भावी पुस्तालाई पनि जानकारी गराउने कुरा बताए।  ललितपुर दुग्ध व्यवसायी संघका कोषाध्यक्ष हुद्दराज तिमल्सिनाले यस्ता कार्यक्रम हामी प्रत्येक वर्ष गर्दछौं र यसले हाम्रा साथीभाईहरूमा थप आकर्षण आउने गरेको बताए। 

बागमती प्रदेशले अन्य लागुपदार्थ सेवन गरि अनावश्यक रुपले परम्परा नै विथोल्ने गरि भावी सन्ततिलाई नकारात्मक असर पर्ने गरिभन्दा आफ्नो मौलिक उत्पादन मोही सेवन गरि होली मनाएकोमा  बागमती प्रदेशका अध्यक्ष र त्यसको टिममा रहने सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै होली पर्व (फागु पूर्णिमा ) खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाइने गरिएको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले गराए ।

कार्यक्रममा श्री नवप्रभात डेरी उद्योगका प्रबन्धक निर्देशक सुरेश तिमल्सिनाले यसरी साथीभाईहरू मिलेर होली खेल्दा आत्मीयता बढ्नुको साथै एक आपसमा प्रगाढ सम्बन्धको विकास हुने कुरा बताए । कार्यक्रममा डेरी व्यवसायीहरू याङक प्रसाद घिमिरे , सन्दिप घिमिरे, दिपक तिमल्सिना , मानबहादुर थापा मगर ,उद्धव प्रसाद बजगाईं लगायत थुप्रै डेरी उद्योमीहरुको उपस्थिति रहेको कुरा बागमती प्रदेशका सह- सचीव टंक तिमल्सिनाले जानकारी गराए ।

धेरै पढिएको