News Desk
फागुन - २९, नेपाल डेरी एसोसिएन कैलाली जिल्लाले आफ्नो दोस्रो अधिबेशन होली मनाउँदै सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमाल प्रमुख अतिथी एवं सुदुरपश्चिम प्रदेशका अध्यक्ष भुपेन्द्र थापा विशेष अतिथी रहेका थिए भने अतिथीमा धनगढी पोष्टका पत्रकार कर्णबहादुर शाहाको उपस्थिति रहेको थियो।
जिल्लाको दोस्रो अधिवेशन कैलालीको चुरे गाउँपालिका वार्ड नं ४ जगतेमा होली मनाउँदै सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले यसरी होली मनाउँदै अधिबेशन गर्दा फरक अनुभुती भएको र यसले एउटा छुट्टै अनुभव मिलेको कुरा बताए । विशिष्ट अतिथि प्रदेश अध्यक्ष भुपेन्द्र थापाले हामीले हाम्रो व्यवसायसँगै हाम्रा रितिरिवाज, संस्कृती, परम्परा पनि जोगाउँदै भावी सन्ततिलाई सिकाउँदै जानुपर्ने कुरा बताए ।
अतिथी धनगढी पोष्टका पत्रकार कर्णबहादुर शाहाले नेपाल डेरी एसोसिएसन आफ्नो संगठन देशैभर बिस्तार गर्दै अगाडि बढेको र दुग्ध क्षेत्रमा एक अग्रणी संस्थाको रुपमा रहेको कुरा बताए । कार्यक्रममा कैलाली जिल्लाका सबै डेरी व्यवसायी र सुदूरपश्चिम प्रदेश नेपाल डेरी एसोसिएसनका डेरी उद्योगीहरूकाे उपस्थिति रहेको थियो ।
अधिबेशनले निम्नानुसार पदमा निम्नानुसार उद्योगीहरु रहने गरि एक समिति गठन भयो । अध्यक्षमा डम्मरबहादुर शाह, उपाध्यक्षमा गिरिजा ऐर, सचिवमा शिवराज जैसी, कोषाध्यक्षमा मोहन बोहरा, सदस्यहरूमा जीवन कठायत, पदम बोहरा, भीमबहादुर दियाकोटी र ओम पौडेल सर्वसम्मत निर्वाचित भएका थिए । नवनिर्वाचित सम्पूर्ण टिमलाई सफथ खुवाउँदै प्रमुख अतिथी हमाल्ले बधाई ज्ञापन गरेका थिए ।
नेपाल डेरी एसोसिएसनको हालसम्म ७ वटा प्रदेशमा, २५ वटा जिल्लामा र ७ ओटा स्थानीय निकायमा आफ्नो संगठन बिस्तार भइ ३ सयभन्दा बढी सदस्य रहेको जानकारी केन्द्रिय महासचिव हेमचन्द्र खनालले जानकारी गराए । नेपाल डेरी एसोसिएसन २०५५ सालमा स्थापना भई निरन्तर दुग्ध क्षेत्रको हक र हितमा काम गर्दै आएको पुरानो संस्था भएको कुरा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले गराए ।