News Desk
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा नानीमाया थापा चयन भएकी छन् भने उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र सञ्जय लम्साल चयन भएका छन्। महासचिव पदमा देवी खड्काले जिम्मेवारी पाएका छन् भने भवराज रेग्मी र किरण थापा उपमहासचिवका रूपमा चयन भएका छन्। कोषाध्यक्ष पदमा गोविन्द शाही निर्वाचित भएका छन्।
सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ७ जना सचिव चयन भएका छन्। कोशी प्रदेशबाट सरिता आङदेम्बे, मधेशबाट रामचन्द्र साह, बागमतीबाट बुद्धशरण लामा, गण्डकीबाट राजेन्द्रप्रसाद पौडेल, लुम्बिनीबाट नमस्कार शाह, कर्णालीबाट जजराज शाही र सुदूरपश्चिमबाट सावित्रा घिमिरे (बिक) सचिवका रूपमा चयन भएका छन्।