जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रबाट जिल्लाका विभिन्न प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन 
News Desk
Mar-16 , 2025 तारिख 02:50 बेलुका

दिपु वर्णवाल

वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जिल्लाका विभिन्न प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन गरेका छन्।उनले इलाका प्रहरी कार्यालय जानकिटोला, प्रहरी चौकी मिर्जापुर, प्रहरी चौकी आसवारी, प्रहरी चौकी बुढगाई, प्रहरी चौकी टिउकी, र प्रहरी चौकी भिस्वा पर्साको स्थलगत निरीक्षण गर्दै त्यहाँको सुरक्षाप्रणाली, प्रशासनिक कार्यहरू तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिए।

निरीक्षणका क्रममा उनले प्रहरी कार्यसम्पादनमा देखिएका कमजोरी तथा त्रुटिहरू औंल्याउँदै तिनलाई सुधार गर्न आवश्यक उपायहरू सुझाएका थिए। साथै, प्रहरी इकाइहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप जिम्मेवार र अनुशासित भई नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न निर्देशनसमेत दिए।

धेरै पढिएको