प्रहरीले भारी रकमसहित एक जनालाई पक्राउ
News Desk
Mar-18 , 2025 तारिख 05:21 बेलुका

प्रहरीले भारी रकमसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई २५ करोड नगदसहित पक्राउ गरेको हो ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।