संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको नेपाली सेनाको भनाई
News Desk
Mar-20 तारिख 06:07 बिहान

नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएपछि सेनाको विषयलाई लिएर सामाजिक सञ्जालहरूमा भइरहेको टिप्पणीको सेनाले जवाफ दिएको हो । 

बुधबार विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता,भौगोलिक अखण्डता र राष्ट्रिय एकताको लागि संविधान अनुसार जिम्मेवारी गर्ने सेनाले स्पष्ट पारेको हो । सेनाले आफ्ना गतिविधि सञ्चारमाध्यम मार्फत सार्वजनिक गर्दै आएकोले गलत टिप्पणी नगर्न अनुरोध गरेको छ ।

धेरै पढिएको