कक्षा ८ को परीक्षा दिदै प्रधानाध्यापक 
News Desk
Mar-21 , 2025 तारिख 02:42 बिहान

काठमाण्डौँ । बिहीबारदेखि सुरु भएको कक्षा ८ अर्थात आधारभूत तहको परीक्षामा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसाका प्रधानाध्यापक प्रअ समेत परीक्षामा सहभागी भएका छन । नेपालगन्ज–१९ स्थित ज्यामिया इस्लामिया रजाय मुस्तफाका प्रधानाध्यापक नइमुद्दीन खाँ उक्त परीक्षामा सहभागी भएका हुन ।

उनले कन्या माध्यमिक विद्यालयबाट आधारभूत तहको परीक्षा दीरहेका छन । मदरसा शिक्षाबाट मौलाना डिग्री गरेका उनले सामुदायिक विद्यालयबाट अध्ययन सुरु गरेका छन । यति मात्र होइन उनले उच्च शिक्षा हासिल गरी लोकसेवा परीक्षाबाट सरकारी जागिरमा प्रवेश गर्ने लक्ष्य लिएका छन ।