News Desk
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वीरगञ्जमा आयोजना हुने ‘न्यु इयर इभ कन्सर्ट’को सम्पूर्ण तयारी पूरा भएको छ। ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा आयोजना हुने यो भव्य कार्यक्रम २०८१ साल चैत्र ३१ गते होटल भिस्वा वीरगञ्जमा हुनेछ।
कार्यक्रमका प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को विशेष प्रस्तुति हुनेछ, जुन बीरगन्जमा पहिलो पटक प्रस्तुत गरिने हो।
यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगञ्जका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ। मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन्। प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन्।
कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ। नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ। टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै वीरगञ्जका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन्।
ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ।
DIPU BARNWAL