शिव न्यौपानेको जीवनी कथा प्रश्नपत्रमा समावेश
News Desk
Mar-22 , 2025 तारिख 02:02 बेलुका

काठमाडौं, २०८१ – द राईजिङ नेपालमा फलाङ फुड डिस्नेरीको बिषयमा सरोज ओझाले लेख्नुभएको बुक रिभ्यु अर्थात पुस्तक समिक्षाबाट प्रश्नपत्र प्रकाशन भएको छ​ । ​ समिक्षाबाट स्याङ्जा स्थित​ नेपालका सार्वजनिक विद्यालयहरूले लेखक शिव न्यौपानेको जीवनी कथालाई आफ्नो परीक्षा प्रश्नपत्रमा समावेश गरेका हुन​। शिव न्यौपानेले आफ्नो फलाङ खाद्य शब्दकोश को लागि महत्वपूर्ण स्थान​ दीएकामा य​स​ उपलब्धि आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान मानेका छ​न् l

शिव न्यौपाने, जसको जन्म गल्याङ नगरपालिका, स्याङ्जा मा भएको हो, नेपालको पहिलो खाद्य शब्दकोश प्रस्तुत गरेर नेपालको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य राखेका छन। उनले यस अवसरमा भने, 'मलाई गर्व छ कि मेरो जीवनी र कार्यलाई विद्यालयहरूले मान्यता दिएका छन। यसले मेरो कामलाई अझ ठूलो प्रेरणा दिनेछ र भविष्यमा खाद्य शब्दकोशको कामलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।' उनका अनुसार, फलाङ खाद्य शब्दकोश नेपालको खानपान संस्कृतिलाई प्रवर्द्धन गर्ने र संसारभरिका पाठकहरूलाई नेपाली खाद्य परम्परा र विशेषता बारेमा बुझ्नमा सहायता पुर्याउने एक महत्त्वपूर्ण प्रयास हो। त्यसैगरी, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनले पनि शिव न्यौपानेको बहुसांस्कृतिक खाद्य शब्दकोशलाई सकारात्मक प्रतिक्रिया दिएका छन। उनले २०२१ मा आफ्नो कार्यकालमा यो शब्दकोशको सराहना गर्दै नेपालको खाद्य संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा यसको योगदानलाई महत्त्वपूर्ण मानिएको छ।

शिव न्यौपानेको यो योगदान नेपालका विद्यालयहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। फलाङ खाद्य शब्दकोश आजको युवा पुस्तालाई नेपाली खाद्य संस्कृतिका महत्त्वपूर्ण पक्षहरू बुझ्न र सराहना गर्न प्रोत्साहित गर्दै, नेपालको सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्याइरहेको छ।