शिलान्यास गरेको करिब छ वर्षपछि नेपाललाई चीन संग जोडने छोटो दुरीको स्याफ्रुबेसी–रसुवागढी सडक स्तरउन्नोती निमार्णको काम सुरु 
News Desk
Mar-23 , 2025 तारिख 11:56 बिहान

शिलान्यास गरेको करिब छ वर्षपछि नेपाललाई चीन संग जोडने छोटो दुरीको स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरउन्नोतीको निमार्णको काम सुरु भएको छ । चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी देखि रसुवागढी सम्मको करिब १७ किलोमिटर सडकको स्तरउन्नोतीको निमार्णको काम चीनीयाँ पक्षले सुरु गरेको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चीनीयाँ निमार्ण कम्पनीले मार्च महिनाको दोस्रो सातादेखि स्तरउन्नोतीको काम प्रक्रियागत रुपमा अगाडि बढेको छ ।

गल्छी,त्रिशुली स्याफु्रबेसी रसुवागढी सडक योजनाका अनुसार सम्झौता भएको मितिले उनन्चालिस महिना भित्र काम सम्पन्न गर्ने गरी तीन करोड उनानअसी लाख बराबरको अमेरिकी डलरमा निमार्ण हुने यो १७ किलोमिटर सडकको साँढे आठ मिटर चौडाईमा कालो पत्रे गरिने छ भने छेउमा एक मिटर नाली रहने योजना रहेको छ ।