प्रेमीको सहयोगमा पतिको हत्या
News Desk
Mar-24 तारिख 07:01 बिहान

भारतीय राज्य उत्तर प्रदेशको मेरठमा पतिको हत्या घटनामा मुस्कान र उनका प्रेमी साहिललाई मेरठ जेलमा राखिएको छ। 
उत्तर प्रदेशको मेरठमा एक दर्दनाक घटनामा, मुस्कान रस्तोगीले आफ्नो प्रेमी साहिल शुक्लाको सहयोगमा आफ्ना पति सौरभ राजपूतको हत्या गरेकी छिन। उनीहरूले सौरभको शवलाई १५ टुक्रामा विभाजन गरी प्लास्टिकको ड्रममा राखेर सीमेंटले भरिदिएका थिए। यो घटना सार्वजनिक भएपछि प्रहरीले दुवैलाई पक्राउ गरी मेरठको चौधरी चरण सिंह जिल्ला कारागारमा राखेको छ। 

जेल प्रशासनका अनुसार, मुस्कानलाई महिला बैरक नम्बर १२ मा र साहिललाई पुरुष बैरक नम्बर १८ मा राखिएको छ। जेलमा पहिलो रात मुस्कान अत्यन्तै बेचैन थीन्; उनले कसैसँग कुरा गरिनन र खाना समेत खाइनन। उनले रातभरि निदाउन सकिनन र बारम्बार उठेर टहलिरहिन। 
साहिलको अवस्था पनि यस्तै रहेको बताइएको छ; उनी गुमसुम रहे र खाना खान अस्वीकार गरे। जेल अधिकारीहरूले दुवैलाई अलग-अलग बैरकमा राखेका छन्, जसका कारण उनीहरू एक-अर्कासँग सम्पर्कमा छैनन। 

यस घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। मुस्कान र साहिललाई अदालतमा पेश गर्दा वकिलहरूको आक्रोश सामना गर्नुपरेको थियो; उनीहरूले दुवैलाई पिटेका थिए र साहिलका कपडा समेत च्यातिएका थिए। पुलिसले कठिनाईका साथ उनीहरूलाई अदालतको कोठामा पुर्‍याएको थियो। 

धेरै पढिएको