"एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु" मेयर बालेन्द्र साह
News Desk
Mar-25 , 2025 तारिख 11:54 बिहान

काठ​माण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका सरसफाइ  कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिने ब​ताएका छ​न। उनले फेसबुक स्टाटसमा सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको उल्लेख गरेका छन। 

उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !!’