नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त, घिसिङ पदमुक्त
News Desk
Mar-25 , 2025 तारिख 12:42 बेलुका

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको नेतृत्व फेरिएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ | 

 मन्त्रिपरिषद्ले शाक्यलाई नियुक्त गर्ने निर्णय गरिसकेको भए पनि यसको औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। तर, सरकारका प्रवक्ताले भने आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन्।

यस निर्णयले मुलुकभर व्यापक चासो र बहस उत्पन्न गराएको छ। घिसिङलाई हटाउने सरकारको निर्णयप्रति कतिपयले आशंका व्यक्त गरिरहेका छन् भने कतिपयले यसलाई सरकारको स्वाभाविक निर्णयका रूपमा लिएका छन्। सरकारले निर्णय लुकाउन खोजेको हो वा यसको पुष्टि नभएको हल्ला मात्र हो भन्ने विषयमा अन्योल कायम रहेको देखिन्छ।