भिषाका लागि नक्कली कागजात पेस गरे अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध हुने चेतावनी
News Desk
Mar-27 , 2025 तारिख 12:32 बेलुका

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेस गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ। 

अमेरिकी दूतावासले बुधबार सूचना जारी गरी अमेरिकी भिसा हत्याउने धुनमा गलत विवरण नदिन सचेत गराएको हो। 

जारी सूचनामा भनिएको छ, ‘के तपाईंलाई थाहा छ? कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेस गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्नुहुन्छ।’