News Desk
काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी पक्षधरले प्रदर्शन गरेपछि स्थिती तनावग्रस्त बनेको छ । राजसंस्था पुनस्थापना माग गर्दै प्रदर्शनरत राजावादीहरुका कारण स्थिति तनावग्रस्त बनेको हो ।
राजावादी समर्थकले प्रदर्शनका क्रममा व्यक्तिका घर समेत तोडफोड गरेका छन । प्रदर्शनका क्रममा राजावादीहरुले तीन जना व्यक्तिका घर तोेडफोड गरेका हुन ।
यसैबीच राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन । प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रु ज्ञ्ास समेत प्रयोग गरेको थियो ।