नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड
News Desk
Mar-30 , 2025 तारिख 05:06 बेलुका

नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आईतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ । शुक्रबार उक्त सुन एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

धेरै पढिएको