प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछ्८ प्रदर्शन स्थल छाडेर भागेको प्रसाईको भनाई
News Desk
Mar-30 , 2025 तारिख 08:58 बेलुका

प्रहरीको खोजीको सूचीमा रहेका दुर्गा प्रसाईँले आफूलाई मार्ने षडयन्त्र गरेपछि प्रहरीको घेरा तोड्ने बाध्य भएको बताएका छन।

एक भिडियो सार्वजनिक गर्दै उनले राज्यले सार्फ सुटर लगाएर आफूलाई मार्न खोजेको सुराकी पाए पछि आफैँ गाडी चलाएर अगाडि बढ्न बाध्य भएको पनि बताएका हुन।

‘म प्रहरीलाई सबैभन्दा धेरै माया गर्ने मान्छे हुँ। त्यस दिन प्रहरी जवानहरूलाई किच्न खोजेको भन्ने आरोप छ’, उनले भिडियो सन्देशमा भनेका छन।​ 

प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि आफू सुरक्षित स्थानमा बसिरहेको उनले उल्लेख गरेका छन। ‘म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु’, उनले भनेका छन।