News Desk
काठमाडौं, नेपाल – एभेण्टोज नेपालका निर्देशक डेभिल सिंह राजपूत लाई १७औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ प्रदान गरिएको छ। इश्वरलाल १७औं कर्पोरेट व्यवसाय पुरस्कार कार्यक्रममा कर्पोरेट व्यवसाय म्यागजिनद्वारा यो सम्मान प्रदान गरिएको हो।
यो सम्मान राजपूतको नेपालका कर्पोरेट क्षेत्रमा पुर्याएको अतुलनीय योगदान तथा व्यवसाय विकासमा देखाएको नेतृत्व क्षमतालाई उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको हो। उनको नेतृत्वमा एभेन्टोज नेपालले उल्लेखनीय प्रगति गरेको छ र व्यवसायिक उत्कृष्टताको नयाँ मानक स्थापित गरेको छ।
पुरस्कार ग्रहण गर्दै, राजपूतले आफ्नो टिम र समर्थकहरूलाई यो उपलब्धिको श्रेय दिँदै भने, ंहामी सबैको मेहनत र समर्पणको प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको हो। म यस पहिचानप्रति आभारी छु र अझ उत्कृष्ट उपलब्धिहरूको लागि निरन्तर मेहनत गर्नेछु ।ं
२०२५ संस्करणमा शीर्ष कर्पोरेट व्यक्तित्वहरू, उद्योग विशेषज्ञहरू र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो,
नेपालको कर्पोरेट क्षेत्र तीव्र परिवर्तनको चरणमा रहेको बेला, यस्ता सम्मानहरूले भविष्यका व्यवसायिक नेताहरूलाई नवाचार र उत्कृष्टताको दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन।
डेभिल सिंह राजपुतको चिनारी
उद्यमशीलताको संसारमा विश्वास र नवीनताको सफलता हासिल गर्ने व्यक्ति हुनुहुन्छ डेभिल सिंह राजपुत । ग्लोबल अनलाइन–पे र एभेन्टोज नेपालका संस्थापक तथा निर्देशक रहनुभएका उहाँले नेपालको इभेन्ट उद्योगलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान गर्नुभएको छ । एभेन्टोज नेपालमार्फत इभेन्ट कम्पनीहरूलाई एकै स्थानबाट सम्पूर्ण सेवा दिने विश्वासिलो प्लेटफर्मका रूपमा विकास गर्नुभएको छ ।
इभेन्ट कम्पनीहरूका लागि एक भरपर्दो र विश्वासिलो साझेदारका रूपमा एभेन्टोज नेपाल अगाडि आएको छ । जहाँबाट भोटिङ्ग प्लेटफर्मदेखि इभेन्ट व्यवस्थापनसम्म सबै सेवा पाउन किन्छ । यसबाट इभेन्ट आयोजना गर्ने प्रक्रिया सहज बनेको छ भने ग्राहकहरूमा विश्वासको भावना जागृत गराएको छ । ग्राहकमा विश्वासको भावना जगाउन निर्देशक राजपुत स्वयम इभेन्ट सेवाहरूको गुणस्तरमा निकै ध्यान दिने गर्नुहुन्छ ।
स्थानीय सांस्कृतिक कार्यक्रमदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म, उहाँको टोली उत्कृष्ट सेवा प्रदान गर्न लागि परिरहेको हुन्छ । ग्राहकहरूको आवश्यकता बुझेर उपयुक्त समाधान उपलब्ध गराउने एभेन्टोज नेपालको क्षमताले नै यसलाई नेपालको एक अग्रणी कम्पनीको परिचय दिएको छ । जसले योजना बनाउनदेखि कार्यान्वयनसम्म, भोटिङ्ग प्लेटफर्म, इभेन्ट मार्केटिङ, व्यवस्थापन, प्रविधिगत सहयोग जस्ता सेवा प्रदान गर्दै आएको छ ।
‘नेपालमै बसेर मेहनत गर, अनि चिन्नेछ विश्वले तिम्रो प्रतिभा’ नाराका साथ अघि बढिरहनुभएका डेभिल सिंह राजपुतको यात्रा केवल व्यावसायिक सफलतामा मात्रै सीमित छैन, उहाँका कार्यहरूले नेपालका युवाहरूलाई उद्यमशीलताको बाटोमा हिँड्न पनि प्रेरित गरिरहेको छ । विश्वास नै सफल व्यवसायको मुख्य आधार भएकाले विश्वास निर्माण, नवीनता प्रवद्र्धन र युवा सशक्तिकरणमा उहाँको जोड छ । डेभिल सिंहको साहस, लगनशीलता र उत्कृष्टताबाट सही दृष्टिकोणका साथ मेहनत गर्ने हो भने हरेक कुरा सम्भव छ भन्ने सन्देश दिएको छ ।
इभेन्ट उद्योगमा पुर्याउनुभएको योगदानका लागि उहाँलाई ‘युवा उद्यमी पुरस्कार’लगायत धेरै सम्मान र पुरस्कारहरू प्राप्त भएको छ ।