रविको पक्राउपछि राति रास्वपाको बैठक शनिबार हुन लागेको चितवनको सभा नरोक्ने निर्णय
News Desk
Apr-05 , 2025 तारिख 12:50 बेलुका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको शुक्रबार राति बसेको भर्चुअल बैठकले शनिबार हुन लागेको चितवनको सभा नरोक्ने निर्णय गरेको छ।

सभापति रवि लामिछानेलाई अदालतको आदेशमा पक्राउ गरिएपछि चितवनको सभाबारे अन्योल बढेको थियो। पक्राउ गर्न प्रहरी घरमै आइसकेपछि रविले सामाजिक सञ्जालमार्फत सभा नरोक्न भनेका थिए।

रवि पक्राउ परेपछि राति ११ बजे आकस्मिकरुपमा बसेको बैठक साढे १ बजेपछि सकिएको थियो। बैठकले सभा नरोक्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।