तीनकुने घटनाबारे छानबिन समिति गठन गर्ने प्रस्तावले पाएन समर्थन
News Desk
Apr-12 , 2025 तारिख 02:40 बेलुका

नेपाली कांग्रेस र नेकपा एमाले सांसदहरुले सहमति नजनाएपछि संसदीय समितिको बैठकमा प्रस्ताव पेश भए पनि तीनकुने घटनाबारे छानबिन समिति गठन हुन सकेन।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सभापति विमला सुवेदीले तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न प्रस्ताव गरेकी थीन। 

तर नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले सहमति नजनाएसँगै छानबिन समिति बन्न नसकेको हो। समिति सभापति सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन। 

उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन। उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन। 

उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनुपर्ने बताइन। 

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशिलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताए।