वीरगन्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा झडप, अश्रुग्यास प्रहार गरी नियन्त्रण
News Desk
Apr-13 , 2025 तारिख 06:57 बिहान

पर्सा — हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा झडपको घटना भएको छ। महावीर मन्दिरबाट सुरु गरिएको शोभायात्रा नगर परिक्रमा गर्दै छपकैया चोक पुग्दा विवाद उत्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार शोभायात्रामा सहभागी एक समूहमाथि ढुंगा प्रहार भएपछि अवस्था तनावग्रस्त बन्दै गएको थियो। स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्न बाध्य भएको मिश्रले जानकारी दिनुभयो।

झडपकै क्रममा केही व्यक्तिहरुले छपकैया चोकस्थित जायका बिरयानीसहितका केही पसलका फर्निचर तोडफोड गरी बाटोमै आगजनी गरेका थिए। यसले गर्दा जनजीवन केही समयका लागि प्रभावित बनेको थियो।

हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने चोकचोकमा सर्वसाधारणको भीड देखिएको छ। यद्यपि स्थिति अहिले सामान्य रहेको प्रहरीको भनाइ छ।

धेरै पढिएको