एसईई परीक्षा विद्यालयले नै लिने विषयमा सहमति
News Desk
Apr-13 , 2025 तारिख 12:52 बेलुका

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको विवाद टुंगो लगाउन गठित उपसमितिले माध्यमिक शिक्षा परीक्षा–एसईई सम्बन्धित विद्यालयले नै लिने विषयमा सहमति जुटाएको छ । उपसमितिले विद्यालय शिक्षाको परीक्षा प्रणाली परिवर्तन गरी एसईई विद्यालय तहमै गर्ने सहमति जुटाएको हो । 

यस अनुसार शिक्षा विधेयक पारित भएपछि एसईई केन्द्रीकृत रूपमा नहुने भएको छ । समितिले आधारभूत तह कक्षा ८ को परीक्षा स्थानीय तहले र माध्यमिक तह १२ कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरी सहमति गरेको हो ।

उपसमितिमा शिक्षा विधेयकका १६३ दफामध्ये ७९ वटामा सहमति भइसकेको संयोजक विश्वकर्माले जानकारी दिनुभयो । उपसमितिले सांसद, ७ वटै प्रदेश, सरोकारवाला र विज्ञबाट आएका सुझावलाई आधार मानेर छलफल गरी दफाहरू टुंज्ञ्ाउँदै लगेको जनाएको छ । 

विधेयकमा परेका १७ सय ५८ संशोधनमध्ये ११ सय वटामा छलफल गरिसकेको समेत समितिले जनाएको छ ।