अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी न्यूजील्यान्डको प्रथम औपचारिक बैठक सम्पन्न, नयाँ कार्यसमिति चयन
News Desk
Apr-13 , 2025 तारिख 04:58 बेलुका

२०२५ चैत्र १२ गते मंगलवार अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी न्यूजील्यान्ड (International Nepalese Chef Society New Zealand - INCS) को प्रथम औपचारिक बैठक क्राइस्टचर्चस्थित Arjee Bhajee Indian/Nepali Restaurant (13 Riccarton Road) मा सम्पन्न भएको छ।

बैठकमा न्यूजील्यान्डका विभिन्न राज्यबाट प्रत्यक्ष उपस्थिति जनाइयो भने केही सहभागीहरू अनलाइन भर्चुअल माध्यमबाट जोडिएका थिए। कार्यक्रममा केन्द्रीय संयोजक अरुण अधिकारी, यूएईस्थित NCS UAE का नवनियुक्त अध्यक्ष ह्युमन प्रसाद लिम्बु, NCS नेपाल अध्यक्ष एलबी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया गर्दै प्रथम अधिवेशन सम्पन्न गरिएको हो। साथै, बैठकले प्रत्येक महिनाको अन्तिम हप्तामा समयअनुसार बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ।

नेपाली सेफ सोसाइटीको स्थापना सन् २०१८ मा दुबई, यूएई बाट भएको थियो। आजसम्म आइपुग्दा यो संस्था ३६ वटा देशहरूमा विस्तार गर्न सफल भइसकेको छ। अब यस सोसाइटीले न्यूजील्यान्डमा रहेका अन्य नेपाली समाजहरूसँग हातेमालो गर्दै नेपाली खाना, कला, संस्कृति र पहिचानलाई न्यूजील्यान्डभरि फैलाउने लक्ष्य राखेको छ।

बैठकमा आगामी दिनमा नेपाली परिकारहरूको रेसिपीसम्बन्धी सामग्रीहरू प्रकाशन गर्ने निर्णयसमेत गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी न्यूजील्यान्डको प्रथम औपचारिक बैठक सफलतापूर्वक सम्पन्न गर्दै, २०२५-२०२७ कार्यकालका लागि २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

कार्यसमिति यसप्रकार रहेका छन्:

अध्यक्ष: कृष्ण हरि सापकोटा

वरिष्ठ उपाध्यक्ष: सुवास खड्का

उपाध्यक्षहरू:

राजन श्रेष्ठ

अनिल पन्थ

महासचिव: सुमित रिजाल

सचिव: लिम शुदर्शन केसी

कोषाध्यक्ष: मोहन अर्याल

सह-कोषाध्यक्ष: सन्तोष ढुङगाना

वरिष्ठ सल्लाहकार: रामराज वोलि

सदस्यहरू:
कुमार गोपाली, प्रकाश खरेल, विनोद कडेल, राम खरेल, ढावनाथ खरेल, प्रकाश केसी, गणेश कंडेल, राम तामाङ, बैकुंठ गैरे, बसन्त सापकोटा, हरि कडेल, हरि सापकोटा, खिमबहादुर केसी, आनन्द चालिसे, खड्का बहादुर बिष्ट, भीम खरेल, खिम इन्द्र अर्याल, चन्द्र अर्याल।

यसै सन्दर्भमा, नेपाली सेफ सोसाइटी नेपालले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२ तथा अन्तर कलेज प्रतियोगिता २०८२ को आयोजना गर्न लागेको जानकारी गराएको छ।

उक्त ऐतिहासिक प्रदर्शनी तथा मेला आगामी २०८२ साल वैशाख ६ गते (१९ अप्रिल २०२५) मा भृकुटीमण्डप, काठमाडौंमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रमले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, खानाको स्तर उन्नति गर्ने, र नेपाली सेफहरूलाई एकिकृत गर्दै उनीहरूको व्यक्तित्व विकासमा सघाउने लक्ष्य राखेको छ।

साथै, युरोप, दक्षिण अमेरिका लगायत ३६ देशहरूबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले नेपाली खानाको मौलिकता, विविधता तथा यसको विश्वबजारमा विस्तार गर्ने दिगो उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइरहेको छ।